NL न्यूज
काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछन्। आज हुने खेलमध्ये दुई खेल भारतमा र एक खेल श्रीलंकामा आयोजना हुँदैछ ।
आईसीसी टी–२० विश्वकप अन्तर्गत आजको पहिलो खेलमा स्कटल्याण्डसंग खेल्दै इटालीले विश्वकपमा डेब्यु गर्दैछ । कोलकातास्थित इडेन गार्डेनमा हुने यो खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।
स्कटल्याण्डको यो प्रतियोगिताको दोस्रो खेल हो । उसले पहिलो खेलमा वेस्ट इण्डिजसँग हार बेहोरेको थियो । इटालीको भने यो विश्वकपको पहिलो खेल हो।
त्यस्तै आजको दोस्रो खेल समूह ‘बी’ अन्तर्गत जिम्बावे र ओमानबीच हुदैंछ । श्रीलंकाको कोलम्बोस्थित एसएससी ग्राउन्डमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । दुवै टोलीको यो प्रतियोगिताको पहिलो खेल हो ।
आजै हुने तेस्रो खेल समूह ‘डी’ अन्तर्गत दक्षिण अफ्रिका र क्यानडाबीच हुनेछ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बेलुकी ६ः४५ बजे सुरु हुनेछ । यी दुई टोलीले पनि आजैबाट प्रतियोगितामा सुरु गर्न लागेका हुन्।





प्रतिक्रिया दिनुहोस्