NL न्यूज
आइतबार सम्पन्न जापानको तल्लो सदन निर्वाचनमा प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ ।
यसअघिको संसदमा १९८ सिटमा सीमित रहेको एलडिपीले यस निर्वाचनमा एक्लै ३१६ सिट जित्दै स्पष्ट दुई तिहाई बहुमत प्राप्त गरेको हो । ४६५ सिट रहेको तल्लो सदनमा दुई तिहाई बहुमतका लागि ३१० सिट आवश्यक पर्नेमा एलडिपीले त्यो सीमा सहजै पार गरेको छ ।
एलडिपीको गठबन्धन साझेदार जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ । यससँगै प्रधानमन्त्री ताकाइची नेतृत्वको सत्तारुढ गठबन्धनको कुल सिट संख्या ३५२ पुगेको छ ।
यो नतिजा जापानमा सन् १९५५ मा एलडिपी स्थापना भएयताकै सबैभन्दा ठूलो जित मानिएको छ । यसअघि सन् १९८६ मा तत्कालीन प्रधानमन्त्री यासुहिरो नाकासोनेको नेतृत्वमा एलडिपीले जितेको ३०० सिटको रेकर्डलाई ताकाइचीले तोडेकी हुन्।
निर्वाचन परिणामसँगै विपक्षी गठबन्धनको सिट संख्या भने उल्लेख्य रूपमा घटेको छ, जसले आगामी दिनमा संसदमा सत्तारुढ पक्षको प्रभाव झनै बलियो हुने संकेत गरेको छ।

प्रकाशित मिति:
सोमबार, माघ २६, २०८२
०८:३८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्