Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

धितोपत्रको झुटो कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ। सीआईबीका अनुसार अग्रवालले सेयर मूल्य कृत्रिम रूपमा बढाउने, झुटो कारोबार गर्ने र बजार मूल्य प्रभावित पार्ने कसुर गरेको पुष्टि भएपछि पक्राउ गरिएको हो।

यसअघि नेपाल धितोपत्र बोर्डले अग्रवालमाथि अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाएको थियो। बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा सीआईबीले उनलाई काठमाडौंको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।

अग्रवालले सस्तोमा सेयर खरिद गरी त्यसपछि सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार–प्रसार गर्ने, सेयर मूल्य यति पुर्‍याउने भन्दै झुटा आश्वासन दिएर लगानीकर्तालाई खरिद गर्न उक्साउने गरेको आरोप छ। लगानीकर्ताले खरिद गर्न थालेपछि भने उनले आफ्ना सेयर उच्च मूल्यमा बिक्री गर्ने गरेको सीआईबीको भनाइ छ।

 सीआईबीका अनुसार अग्रवालले अन्य व्यक्तिका कारोबार खाता आफैं सञ्चालन गर्ने, ब्रोकरसँग असुल गर्नुपर्ने रकम उठाउने तर तिर्नुपर्ने रकम नदिने, एक खाताको पैसा अर्को व्यक्तिको खातामा ट्रान्स्फर गर्ने जस्ता गतिविधि पनि गर्दै आएका थिए।

हेर्नुहोस् पत्र

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार