NL न्यूज
काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ भने सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहनेछ।
विभागका अनुसार कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।
रातिको समयमा तराईका थोरै स्थानमा हुस्सु लाग्ने छ। यस्तै, कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।
राति पनि कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

प्रकाशित मिति:
सोमबार, माघ २६, २०८२
०८:२०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्