Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ मा सहआयोजक श्रीलंकाले विजयी सुरुवात गरेको छ।

आइतबार राति समूह ‘बी’ अन्तर्गत सम्पन्न खेलमा श्रीलंकाले आयरल्यान्डलाई २० रनले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको हो। श्रीलंकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १ बल बाँकी छँदा १४३ रनमा अलआउट भयो।

आयरल्यान्डका लागि ह्यारी टेक्टरले सर्वाधिक ४० रन बनाए भने रस अडेयरले ३४ रनको योगदान दिए। लोर्कन टकरले २१ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्।

बलिङतर्फ श्रीलंकाका महीश थिक्साना र वानिन्दु हसरंगाले घातक प्रदर्शन गर्दै ३–३ विकेट लिए। मथिसा पथिरानाले २ विकेट झार्दा दुशमान्था चमीरा र दुनिथ वेलालगेले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो। कुसल मेन्डिसले अविजित ५६ रन बनाउँदै टोलीलाई बलियो स्कोरमा पुर्‍याए भने कामिन्दु मेन्डिसले ४४ रनको उपयोगी पारी खेले।

आयरल्यान्डका लागि बेरी मेकार्थी र जर्ज डकरेलले २–२ विकेट लिए भने मार्क अडेयर र गारेथ डेलानीले १–१ विकेट हात पारे।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार