Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

४ रनले चुक्दा इतिहास लेख्नबाट चुक्यो नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग मात्र ४ रनले पराजित भएको छ। १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो। अन्तिम ओभरमा १० रन आवश्यक रहँदा सेट ब्याटर लोकेश बम क्रिजमा थिए, तर जित हात पार्न भने सकेनन्।

कुशल भुर्तेल र आसिफ शेखले आक्रामक सुरुवात दिए पनि दुवै ओपनर छिट्टै आउट हुँदा नेपाल ४२–२ को अवस्थामा पुगेको थियो। त्यसपछि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले ८२ रनको महत्वपूर्ण साझेदारी गर्दै खेलमा फर्काए। दीपेन्द्रले ४४ रन बनाउँदै टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने। रोहितले ३९ रन जोडे।

तर मध्यम ओभरमा लगातार विकेट खस्दा दबाब बढ्यो। आरिफ शेखले १० रन जोडे पनि अन्त्यमा आवश्यक रन जुट्न सकेन। यसअघि इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो। ज्याकब बेथेलले ५५, कप्तान ह्यारी ब्रूकले ५३ तथा विल ज्याक्सले अविजित ३९ रन बनाए।

नेपालका लागि दीपेन्द्र र नन्दन यादवले २–२ विकेट लिए भने शेर मल्लले डेब्यूमै पहिलो बलमा विकेट लिँदै प्रभाव छोडे। परिणाम नेपालका पक्षमा नआए पनि प्रदर्शनले समर्थकमा ठूलो आशा जगाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार