Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

डेब्यूमै धमाका: शेर मल्लको पहिलो बलमै विकेट

मुम्बई । नेपालका युवा स्पिनर शेर मल्लले टी–२० विश्वकपमा आफ्नो पहिलो खेलमै अविस्मरणीय सुरुवात गरेका छन्। इंग्ल्यान्डविरुद्धको खेलमा प्लेइङ–११ मा अवसर पाएका मल्लले पहिलो बलमै विकेट झार्दै डेब्यूलाई ऐतिहासिक बनाएका हुन्।

कप्तान रोहित पौडेलले उनलाई दोस्रो ओभरमै बल सुम्पिएका थिए। आत्मविश्वासका साथ आक्रमणमा आएका मल्लको पहिलो बललाई इंग्ल्यान्डका ओपनर फिल साल्टले ठूलो सट खेल्ने प्रयास गरे। तर टाइमिङ मिलेन। हावामा उछिट्टिएको बललाई सन्दीप लामिछानेले सुरक्षित क्याचमा परिणत गरे।

साल्ट आफ्नो दोस्रो बलमै पभेलियन फर्किँदा मैदानमा नेपाली समर्थकको उत्साह चरममा पुग्यो। डेब्यू म्याच, पहिलो बल र सीधा विकेट—शेर मल्लले आफ्नो नाम बलियो रूपमा दर्ज गराएका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार