Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

इंग्ल्यान्डविरुद्धको खेलमा परेनन् सोमपाल कामी, शेर मल्लको डेब्यू

मुम्बई । नेपालको प्लेइङ–११ मा केही महत्वपूर्ण परिवर्तन देखिएका छन्। अनुभवी तीव्र गतिका बलर सोमपाल कामीले यस खेलमा स्थान बनाउन सकेनन्। फास्ट बलिङ आक्रमणको जिम्मा करण केसी र नन्दन यादवले सम्हाल्नेछन्। स्पिनतर्फ शेर मल्लले राष्ट्रिय टोलीबाट डेब्यू गर्दै छन्, जुन आजको खेलको अर्को आकर्षण बनेको छ। लोकेश बम पनि अन्तिम ११ मा अटाएका छन्।

नेपालको प्लेइङ–११:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने।
विश्व क्रिकेटको शक्तिशाली टोली इंग्ल्यान्डविरुद्ध नेपालले कस्तो प्रदर्शन गर्छ भन्ने चासो अहिले उच्च छ। पहिलो खेलमै ठूलो परीक्षा नेपालको सामु छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार