NL न्यूज
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा न्युजिल्याण्डले अफगानिस्तानलाई हराएको छ । ग्रुप डीको पहिलो खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई पाँच विकेटले पराजित गर्दै समूहमा पहिलो दुई अंक जोड्न सफल भयो ।
अफगानिस्तानले दिएको १८३ रनको लक्ष्य न्युजिल्याण्डले १७ ओभर पाँच बलमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्याण्डका लागि ओपनर टिम सेइफ्रेटले ४२ बलमा सात चौका र तीन छक्कासहित ६५ रनको आक्रामक सुरुवात दिएका थिए । जसका कारण उसले जितको आधार बनाएको थियो । यस्तै ग्लेन फिलिप्सले २५ बलमा ४२ रन बनाउँदा सात चौका र एक छक्का प्रहार गरेका थिउ भने मार्क च्यापम्यानले २५ र मिचेल स्यान्टनरले नटआउट १७ रन बनाए ।
बलिङतर्फ मुजिबुर रहमानले दुई विकेट लिए भने अज्मतुल्लाह ओमरजाई, राशिद खान र मोहम्मद नाबीको नाममा एक एक विकेट रह्यो ।
टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रनको टोटल बनाएको थियो ।उसका लागि गुल्बदिन नइबले ३५ बलमा ६३ रन बनाएका थिए । अन्य खेलाडीले भने तीस रनको आँकडा पार गर्न सकेनन् ।
बलिङमा न्युजिल्याण्डका लकी फर्गुसनले दुई विकेट लिँदा म्याट हेनरी, ज्याकोब डफी र रचिन रविन्द्रको नाममा एक एक विकेट रह्यो ।

प्रकाशित मिति:
आइतबार, माघ २५, २०८२
१४:४८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्