NL न्यूज
सिराहा । सिराहा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक चहलपहल तीव्र बनेको छ । यसपटक १४ राजनीतिक दल र १६ स्वतन्त्र उम्मेदवार गरी कुल ३० जना चुनावी मैदानमा छन् । उम्मेदवारको संख्या धेरै भए पनि विगतको मत परिणाम, दलगत संगठन र उम्मेदवारको व्यक्तिगत प्रभावलाई हेर्दा प्रतिस्पर्धा मुख्यतः एमाले, कांग्रेस, मधेश केन्द्रित दल र नयाँ शक्तिबीच केन्द्रित हुने देखिन्छ । यसपटकको निर्वाचनलाई विशेष बनाउने अर्को पक्ष भनेको नयाँ पुस्ता र वैकल्पिक राजनीतिका प्रतिनिधिका रूपमा चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बब्लु गुप्ताको प्रवेश हो । यसले सिराहा–१ लाई बहुकोणीय प्रतिस्पर्धाको क्षेत्र बनाएको छ ।
मतदाता संख्या
जिल्ला निर्वाचन कार्यालयका अनुसार सिराहा–१ मा यसपटक १ लाख ११ हजार ९ सय ४९ मतदाता छन् । २०७९ सालको आमनिर्वाचनमा यहाँ १ लाख ६ हजार २०१ मतदाता थिए । यस आधारमा यसपटक ५ हजार ७ सय ४८ मतदाता थपिएका छन् । नयाँ मतदाता, विशेषगरी युवा मतदाताको भूमिकाले नतिजामा प्रभाव पार्न सक्ने आकलन गरिएको छ ।
एमाले : दोहोरिने प्रयासमा रामशंकर यादव
नेकपा एमालेबाट उम्मेदवार रामशंकर यादव २०७९ सालको निर्वाचनमा सिराहा–१ बाट निर्वाचित भइसकेका नेता हुन् । स्थानीयस्तरमा पहुँच, संगठन र विगतको जित उनका मुख्य आधार मानिन्छन् । अघिल्लो निर्वाचनमा उनले २९ हजार ४ सय ६२ मत प्राप्त गर्दै कांग्रेसलाई पछि पारेका थिए । एमाले नेतृत्व यसपटक पनि आफ्नो आधार सुरक्षित रहने दाबी गर्छ ।
कांग्रेस : नयाँ अनुहार, पुरानो आधार
नेपाली कांग्रेसले यसपटक रामसुन्दर चौधरीलाई उम्मेदवार बनाएको छ । लामो समयदेखि सामाजिक सेवामा सक्रिय चौधरी शिक्षा, स्वास्थ्य र स्थानीय विकासका क्षेत्रमा योगदान पुर्याउँदै आएका समाजसेवीका रूपमा चिनिन्छन् । लहानस्थित जे.एस. मुरारका बहुमुखी क्याम्पसका अध्यक्ष रहँदा विपन्न, दलित र निम्न आर्थिक अवस्था भएका विद्यार्थीहरूको पहुँचमा शिक्षा पुर्याउँदै क्याम्पसलाई नमूना बनाएको अनुभवलाई उनी आफ्नो राजनीतिक पूँजीका रूपमा प्रस्तुत गरिरहेका छन् । इतिहास हेर्दा यो क्षेत्र कांग्रेसको बलियो पकड मानिन्छ, जसले चौधरीलाई प्रतिस्पर्धामा जीवित राखेको छ ।
रास्वपा : बब्लु गुप्ता कति प्रभावशाली ?
राष्ट्रिय स्वतन्त्र पार्टीबाट बब्लु गुप्ता उम्मेदवार बनेका छन् । जेन–जी आन्दोलनको बलमा बनेको नागरिक सरकारमा खेलकुद मन्त्री भइसकेका गुप्ता ‘हन्ड्रेड्स ग्रुप’ का संस्थापक हुन् । २०७६ सालदेखि प्रयोगमा आइसकेका कपडा संकलन गरी असहाय र विपन्नलाई वितरण गर्ने अभियानमार्फत उनले सामाजिक परिचय बनाएका छन् । यद्यपि, अमेरिका जाने विषयको विवादले उनी आलोचनामा पनि परेका थिए । रास्वपाले २०७९ मा समानुपातिकतर्फ यहाँ १ हजार १८ मत मात्रै पाएको थियो । तर, नयाँ मतदाता र वैकल्पिक राजनीतिप्रति आकर्षित समूहले गुप्ताको मत बढ्न सक्ने अनुमान छ ।
अन्य र मधेश केन्द्रित दल : मत विभाजन कि निर्णायक भूमिका ?
जसपा नेपालबाट सत्यनारायण यादव उम्मेदवार छन् । संघीयता, आरक्षण र सहिदको सपना पूरा गर्ने एजेन्डासहित आफू जनताको आग्रहमा उम्मेदवार बनेको उनको दाबी छ । जनमत पार्टीबाट वकालत पृष्ठभूमिका रामस्वरूप चौधरी मैदानमा छन् । अघिल्लो निर्वाचनमा जनमतले पाएको मत र थारु समुदायको केही मत आफ्नो पक्षमा ल्याउने रणनीतिमा उनी छन् । नेपाली कम्युनिष्ट पार्टीबाट केन्द्रीय नेता रामचन्द्र यादव उम्मेदवार छन्, जो पार्टीको संगठन विभागका उपप्रमुख हुन् । यी दलबीच मत विभाजन भएमा एमाले वा कांग्रेसलाई फाइदा पुग्ने सम्भावना रहन्छ।
२०७९ सालको निर्वाचन : तथ्यांकले के देखाउँछ ?
प्रत्यक्षतर्फ
एमाले – रामशंकर यादव : २९,४६२ मत (विजयी)
कांग्रेस – पदमनारायण चौधरी : २७,३७९ मत
जनमत पार्टी – युगल किशोर साह : ६,८४९ मत
समानुपातिकतर्फ
कांग्रेस – १६,४८८ मत
एमाले – १६,३३७ मत
जसपा नेपाल – १०,४८१ मत
जनमत पार्टी – ८,१३८ मत
एकीकृत समाजवादी – ७,८६० मत
रास्वपा – १,०१८ मत
अंकगणितले देखाउँछ— प्रत्यक्षतर्फ एमाले अगाडि भए पनि समानुपातिक मतमा कांग्रेस र मधेश केन्द्रित दलहरूको प्रभाव उल्लेखनीय छ ।
इतिहास र सम्भाव्यता
बहुदलीय व्यवस्था पुनःस्थापनापछि २०४८, २०५१, २०७० र २०७४ मा कांग्रेसले जितेको यो क्षेत्रमा २०५६ र २०७९ मा एमाले तथा २०६४ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल विजयी भएको थियो । इतिहास, वर्तमान अंकगणित र उम्मेदवारहरूको प्रोफाइल हेर्दा सिराहा–१ मा यसपटक एकतर्फी होइन, बहुकोणीय प्रतिस्पर्धा देखिन्छ । अन्ततः मतदाताले स्थायित्व रोज्छन् कि नयाँ प्रयोग, परम्परागत दललाई भरोसा गर्छन् कि वैकल्पिक राजनीतिलाई मौका दिन्छन्— त्यही निर्णयले सिराहा–१ को नतिजा तय गर्नेछ ।

प्रकाशित मिति:
आइतबार, माघ २५, २०८२
१४:४०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्