NL न्यूज
काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’ (AQI) अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई मापन गरिएको छ ।
यससँगै काठमाडौँ आज विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ । सोही समयमा विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो रहेको छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई पुगेको छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माण गतिविधिका कारण वायु प्रदूषण बढेको हो ।
उनले भने, “औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सिमापार (क्रस बोर्डर) प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि प्रभाव पारेको छ । पानी नपरेसम्म प्रदूषण अझ बढ्ने सम्भावना छ ।” सुवेदीका अनुसार वातावरणमैत्री विकासमा जोड दिन सरोकारवाला निकायलाई सुझाव दिइएको छ ।
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार ० देखि ५० एक्युआई राम्रो (हरियो सङ्केत), ५१ देखि १०० सम्म सचेत रहनुपर्ने (पहेंलो सङ्केत) मानिन्छ । १०१ देखि १५० एक्युआई अस्वस्थ मानिन्छ भने १५१ देखि २०० एक्युआई सबैका लागि अस्वस्थ हुन्छ । २०१ देखि ३०० एक्युआई धेरै अस्वस्थ र ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ ।
काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई सरकारले विपद् मानेको छ ।

प्रकाशित मिति:
आइतबार, माघ २५, २०८२
१४:२८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्