NL न्यूज
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–६, दिप्लुङमा विवाहको भोज खाएका एक सयभन्दा बढी बिरामी परेका छन् ।
प्रहरीका अनुसार चार दिनअघि स्थानीय वर्णबहादुर राईको छोराको बिहे भोज खाएका बेहुला–बेहुलीसहित बिरामी परेका हुन् । माघ २१ गते दिप्लुङमा आयोजित विवाह भोज खाएका गाउँले र पाहुना माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका थिए ।
जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेवी राईका अनुसार बिरामीमा सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिएको छ । आज मात्र ४५ जना नयाँ बिरामी थपिएका छन् । यसअघि निको भएर घर फर्किएका कतिपयमा पुनः समस्या देखिएपछि दोहोरिएर उपचारका लागि आउन थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।
अध्यक्ष राईले हाल पनि एक सयभन्दा बढी बिरामी रहेको र उनीहरूको अवस्था क्रमशः सुधारोन्मुख रहेको जानकारी दिइन् । बिरामीको चाप बढेपछि गाउँपालिकाले दिप्लुङकै निगालावास भञ्ज्याङमा माघ २३ गतेदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । भोजमा प्रयोग गरिएको खाद्यवस्तु वा पानीका कारण ‘फुड पोइजनिङ’ भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
विवाह भोजमा करिब २०० जनाले खाना खाएको अनुमान गरिएको छ ।

प्रकाशित मिति:
आइतबार, माघ २५, २०८२
१४:०२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्