NL न्यूज
चेन्नई। टी–२० विश्वकप अन्तर्गत चौथो खेलमा अफगानिस्तानले न्यूजिल्यान्डसामु १८३ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। चेन्नईस्थित एमए चिदम्बरम मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनायो।
अफगानिस्तानका लागि गुलबदिन नइबले आक्रामक अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ४ छक्का र ३ चौकाको मद्दतले ६३ रन जोडे। सेदिकुल्लाह अटलले २९ रन बनाउँदा रहमानुल्लाह गुरबाजले २७ रनको योगदान दिए। डार्बिस रसुलीले २० तथा अजमतुल्लाह ओमारजाइले १४ रन जोडे।
न्यूजिल्यान्डका लागि लोकी फर्ग्युसनले २ विकेट लिए भने म्याट हेनरी, रचिन रविन्द्र र जेकोब डुफीले समान १–१ विकेट हात पारे।
१८३ रनको लक्ष्य पछ्याइरहेको न्यूजिल्यान्डले कस्तो जवाफ दिन्छ, त्यसतर्फ समर्थकहरूको नजर केन्द्रित भएको छ।

प्रकाशित मिति:
आइतबार, माघ २५, २०८२
१३:१६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्