NL न्यूज
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वाद वा कसैको ‘जुठो कुरो’ खाएर बनेको नभएको दाबी गरेका छन्। काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपा नेपाली माटोमा संघर्षबाट जन्मिएको पार्टी भएको बताए।
राप्रपालाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम नपाल्न चेतावनी दिँदै उनले पार्टीलाई कमजोर आँक्ने प्रयास नगर्न आग्रह गरे। “राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कसैले कमजोर नठानून्, निषेध गरेर जान सकिन्छ भन्ने भ्रम कसैले नपालून्,” उनले भने।
अध्यक्ष लिङ्देनले व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंमाथि सरकारले पटक–पटक अवरोध र पक्राउ गरिरहेको भन्दै त्यसको निन्दा गरे। उनले प्रसाईंलाई नियतवश निरुत्साहित पार्न खोजिएको आरोप लगाए। संविधानले वाक स्वतन्त्रता, हिँडडुलको स्वतन्त्रता र शान्तिपूर्ण विरोधको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले कुनै पनि नागरिकलाई शान्तिपूर्ण ढंगले निर्वाचन बहिष्कार वा विरोध गर्ने अधिकार रहेको जिकिर गरे।
देशमा बढ्दो अतिवाद र विदेशी हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै लिङ्देनले राष्ट्रिय निर्णयको केन्द्र नेपाली नै हुनुपर्नेमा जोड दिए। उनले मतदातालाई सामाजिक सञ्जालका ‘रिल’ र ‘टिकटक’का आधारमा धारणा नबनाई देशको भविष्यलाई केन्द्रमा राखेर मतदान गर्न आग्रह गरे।
कार्यक्रममा उनले उम्मेदवार कुन्ती पोखरेल निष्ठावान र सेवामुखी व्यक्तित्व भएको दाबी गर्दै ‘हलो’ चिन्हमा मतदान गर्न सांकेतिक आग्रह पनि गरे।

प्रकाशित मिति:
आइतबार, माघ २५, २०८२
१२:२९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्