Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

अभिनेता सुनिल थापाको निधनको कारण मुटुको नसा ब्लकेज

काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको मृत्यु हृदयघातबाट भएको पुष्टि भएको छ । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा आइतबार बिहान थापाको शवको पोस्टमार्टम गरिएको थियो । स्रोतका अनुसार पोस्टमार्टम रिपोर्टमा थापालाई हृदयघात भएर मुटुको नसा ब्लक भएका कारण मृत्यु भएको देखिएको छ । 

थापाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ । थापाको ६८ बर्षको उमेरमा शनिबार निधन भएको थियो । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार