NL न्यूज
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको भाउ तोलाको २ लाख ९१ हजार रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ७ सय १० रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति:
आइतबार, माघ २५, २०८२
११:०७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्