NL न्यूज
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विजयीको शुभकामना व्यक्त गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री कार्कीले नेपाली टोलीको विगतको चमत्कार र सफलतासँगै संसारभर फैलिएका नेपाली प्रशंसकको साथ टोलीसँग रहेको उल्लेख गरेकी छन् । कप्तान रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले विश्वमञ्चमा नेपालको बेजोड प्रस्तुति देखाउने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।
‘नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार–सफलताको आड छ । इंग्ल्यान्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना । विजयी भवः । अनि धेरै माया पनि ।’
आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज दुई पटकको च्याम्पियन इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल मुम्बईस्थित वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।





प्रतिक्रिया दिनुहोस्