NL न्यूज
धादिङ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६, दसकिलोमा दुई वटा बस एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
दाङबाट काठमाडौँ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट रसुवागढीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६–ख ५२०८ नम्बरको डिलक्स बस ठोक्किँदा सडक छेउको चिया पसलमा चिया पिइरहेका एक ट्रिपर चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
बस ठोक्किएपछि एउटा बस अनियन्त्रित भई सडक छेउको चिया पसलमा पुगेको थियो, जसका कारण त्यहाँ रहेका अन्य सर्वसाधारणसमेत घाइते भएका हुन् । दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





प्रतिक्रिया दिनुहोस्