NL न्यूज
कञ्चनपुर। कञ्चनपुरमा जंगली हात्तीको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान करिब साढे २ बजे कञ्चनपुरको लालझाडी गाउँपालिका–६ स्थित किसन सिंह साउदको घरमा जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणपछि घरबाट भाग्ने क्रममा साउदकी आामा ५५ वर्षीया पार्वती साउद र उनकी ६ वर्षीया छोरी रोजिना साउद घाइते भएका थिए ।
घाइते दुवै जनाको सुरुमा टीएन्डसी अस्पतालमा सामान्य उपचार गरिएको प्रहरीले जनाएको छ । थप उपचारका लागि धनगढी रिफर गरिएकोमा ६ वर्षीया रोजिना साउदको बिहान सवा ६ बजेतिर नवजीवन अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति:
आइतबार, माघ २५, २०८२
१०:०४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्