Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

देशका उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु–कुहिरो

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु–कुहिरो कायमै रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति तराई भूभागका केही स्थानमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Weather-Night-1770520878.png
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार