NL न्यूज
मुम्बई । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज दुई पटकको च्याम्पियन इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल मुम्बईस्थित वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
नेपालले समग्रमा तेस्रो पटक तथा लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । रोहित पौडेलको कप्तानीमा नेपालले दोस्रो पटक विश्वकप खेल्न लागेकाे हो । दुई पटकको विश्व च्याम्पियन इंग्ल्याण्डसँगको खेल नेपालका लागि ऐतिहासिक मानिएको छ । समूह चरणका नेपालका चारवटै खेल वानखडे स्टेडियममै हुनेछन् ।
यस विश्वकपमा नेपालका आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव डेब्युको तयारीमा छन् । सोमपाल कामी भने नेपालले खेलेका तिनै संस्करणका विश्वकप खेल्ने एक्ला खेलाडी हुन् । कप्तान रोहित पौडेलसँगै कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरि, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्न लागेका छन् ।
समूह चरणमा नेपालले इंग्ल्याण्डसँगै वेष्ट इण्डिज, स्कटल्यान्ड र इटालीसँग खेल्नेछ ।
आजकै खेल तालिकाअनुसार बिहान सवा ११ बजे अफगानिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ भने नेपालको खेलपछि बेलुका सवा ७ बजे श्रीलङ्का र आयरल्यान्ड आमनेसामने हुनेछन् ।
विश्वकपको पहिलो दिन हिजो भएका खेलमा भारत, पाकिस्तान र वेष्ट इण्डिजले विजयी सुरुवात गरेका छन् ।

प्रकाशित मिति:
आइतबार, माघ २५, २०८२
०८:३०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्