NL न्यूज
शनिबारदेखि सुरु भएको आईसीसी टी–२० विश्वकपमा आयोजक तथा साविक विजेता भारतले विजयी सुरुवात गरेको छ ।
भारतले अमेरिकालाई २९ रनले पराजित गरेको हो । भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो ।
अमेरिकाका लागि शुभम रन्जाने र सञ्जय कृष्णमुर्तीले समान ३७–३७ रन बनाए । भारतका बलरमध्ये मोहम्मद सिराजले ३ विकेट लिए भने अर्शदीप सिंह र अक्षर पटेलले २–२ तथा वरुण चक्रवर्तीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो ।
कप्तान सूर्यकुमार यादवले अविजित ८४ रनको उत्कृष्ट पारी खेले । भारत ४६–४ र ७७–६ को संकटपूर्ण अवस्थामा पुगेको बेला कप्तान सूर्यकुमारले जिम्मेवार इनिङ खेल्दै टोलीलाई प्रतिस्पर्धी स्कोरसम्म पुर्याए । तिलक वर्माले २५ रनको योगदान दिए ।
अमेरिकाका बलरमध्ये शाड्ली भान शाकवाइकले ४ विकेट लिँदा हर्मीत सिंहले २ विकेट लिए ।
शनिबार भएको अन्य खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तथा वेस्ट इन्डिजले स्कटल्यान्डलाई पराजित गरेका छन् ।

प्रकाशित मिति:
आइतबार, माघ २५, २०८२
०८:२२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्