NL न्यूज
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा राजनीतिक स्थायित्व सुनिश्चित गर्न आफ्नो पार्टीलाई एकल बहुमत दिलाउन मतदातासँग अपिल गरेका छन्। उनले विगतमा नेताहरूले गरेका बाचा पूरा नगरी सहजै पन्छिने प्रवृत्ति अन्त्य गर्न अब मतदाताले निर्णायक भूमिका खेल्नुपर्ने बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्र चितवन–२ मा मतदातासँग संवाद गर्दै लामिछानेले यसपटक केवल एउटा क्षेत्र जित्नु पर्याप्त नहुने स्पष्ट पारे। पार्टी सभापतिको जिम्मेवारीका कारण देशका विभिन्न भागमा पुग्नुपर्ने बताउँदै उनले चितवनका मतदातालाई आफ्नो प्रतिनिधिका रूपमा देशव्यापी अभियानमा उभिन आग्रह गरे।
‘देशका विभिन्न भागमा मैले पुग्नुपर्ने छ। पार्टीको सभापतिको रूपमा मेरा केही दायित्व छन्,’ उनले भने, ‘यसपटक चितवनलाई मात्र जिताएर भएन, देशैभरि जिताउनु पर्ने अवस्था छ। त्यसैले यो २ नम्बर क्षेत्रको चुनावको प्रचारकका रूपमा मैले आफ्नो प्रतिनिधि तपाईँहरूलाई बनाउन चाहेको हुँ।’
लामिछानेले सानो संख्यामा जित हासिल गरेर मात्रै परिवर्तन सम्भव नहुने जिकिर गरे। उनका अनुसार, स्थिर सरकार गठनका लागि कम्तीमा एकल बहुमत आवश्यक छ। ‘कम्तीमा पनि एकल बहुमतको सरकार चलाउनु पर्ने हुन्छ। पाँच वर्षको स्थायी सरकार यो देशले पाउँछ। त्यसपछि पाँच वर्ष गरेको कामले बोल्नेछ, हामीले बोल्नु पर्दैन,’ उनले भने।
उनले आफ्नो पार्टीले असम्भव वाचा नगरेको दाबी गर्दै मतदाताको विवेकमै निर्णय सुम्पिएको बताए। ‘यति मात्र मागेका हौँ हामीले, अरू धेरै कुरा मागेका छैनौँ। हामी तपाईँको विवेकलाई जिम्मा लगाउँदै छौँ,’ उनले भने।
लामिछानेले जनताको आदेश र अपेक्षाअनुसार नै नयाँ शक्तिहरूलाई एक ठाउँमा ल्याएर चुनावी मैदानमा उत्रिएको बताए। देशलाई दीर्घकालीन राजनीतिक अस्थिरताबाट मुक्त गराउन नयाँ वैकल्पिक शक्ति आवश्यक रहेको उनको तर्क थियो। रास्वपाले यसपटक देशव्यापी रूपमा उम्मेदवार उठाएको छ। पार्टी नेतृत्वले पुराना दलहरूबीचको सत्ता समीकरण र सरकार परिवर्तनको चक्रबाट नागरिक आजित भइसकेको दाबी गर्दै स्थायित्व र जवाफदेहितालाई आफ्नो मुख्य एजेन्डा बनाएको छ।

प्रकाशित मिति:
शनिबार, माघ २४, २०८२
१३:४०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्