NL न्यूज
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५ पुगेका छन्। चन्द्रगढी (भद्रपुर) विमानस्थलबाट बिर्तामोड हुँदै निर्वाचन क्षेत्रमा प्रवेश गरेका उनलाई नेता–कार्यकर्ता र शुभेच्छुकहरूले स्वागत गरेका थिए। विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले देश “विषम परिस्थितिमा” पुगेको दाबी गरे। शान्ति–सुरक्षा र निर्वाचन वातावरणबारे पत्रकारहरूको धारणा सुनेपछि उनले “एमालेमय झापा र एमालेमय देश” बनाउन सहयोग गर्न अपिल गरे।
“देशलाई जोगाउन एमालेमय देश आवश्यक छ,” उनले भने, “यस पटक झापा ओलीमय भएको छ।” प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्तापछि झापा आएका ओली यसपटक एक साता क्षेत्रमै बस्ने कार्यक्रम छ। एमाले झापा सचिव तुलसी कार्कीका अनुसार पालिका–केन्द्रित भेटघाटलाई प्राथमिकता दिइएको छ।
ओलीको यो सन्देशले चुनावी अभियानलाई ‘राष्ट्र जोगाउने शक्ति’ बनाम ‘अन्य विकल्प’को फ्रेममा लैजाने संकेत दिएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति:
शुक्रबार, माघ २३, २०८२
१६:५४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्