Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आन्दोलन गर्न अभिभावक उचाल्दै शिक्षामन्त्री !

काठमाडौं । 

शिक्षामन्त्री महावीर पुनले विद्यालय सुधारका लागि अभिभावकलाई सडकमा उत्रिन आह्वान गरेका छन्। नेपालका धेरै विद्यालयमा बेथिति, भ्रष्टाचार र राजनीतीकरण बढेको भन्दै त्यसविरुद्ध एकजुट आन्दोलन आवश्यक रहेको उनको भनाइ छ।

मन्त्री पुनले विद्यालयमा भइरहेको मनपरी र राजनीतिक हस्तक्षेप हटाउन अभिभावकले कडा दबाब दिनुपर्ने बताए। उनका अनुसार, स्थानीय तहमा अभिभावक नजागेसम्म शिक्षा प्रणाली सुधार हुन गाह्रो छ।

‘संविधानले नै अभिभावकलाई आन्दोलन गर्ने अधिकार दिएको छ,’ मन्त्री पुनको भनाइ छ। उनले काठमाडौंबाट निर्देशन दिएर मात्र सुधार सम्भव नभएको भन्दै अभिभावकलाई आफ्ना छोराछोरीको भविष्यका लागि जाग्न आग्रह गरेका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार