Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । शुक्रबार नेपाल प्रहरीले उनलाई काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसरका एक अधिकृतले प्रसाईं पक्राउ परेको पुष्टि गरे पनि उनीमाथि लगाइएको अभियोगबारे खुलाएका छैनन् । तर उनीविरुद्ध साइबर ब्युरोमा उजुरी रहेको स्रोतले बतायो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं यसअघि सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ गते पोखराबाट पक्राउ परेका थिए । त्यसपछि माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए ।

प्रसाईंले यसअघि नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । सो विषयमा अनुसन्धान गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको थियो ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार