Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

नेपालका लागि नयाँ चिनियाँ राजदूत बने चाङ माओमिङ

काठमाडौं । चीन सरकारले नेपालका लागि नयाँ राजदूतका रूपमा चाङ माओमिङलाई नियुक्त गर्ने भएको छ। चीनको विदेश मन्त्रालयअन्तर्गत एसियाली मामिला विभागका उप–महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका चाङ फागुनको पहिलो सातातिर नेपाल आइपुग्ने तयारीमा छन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चाङको नियुक्तिका लागि चीनले पठाएको एग्रिमो नेपाल सरकारले स्वीकृत गरिसकेको छ। सुरुमा चिनियाँ नयाँ वर्षपछि मात्र नेपाल आउने तयारी भए पनि नेपालमा जारी निर्वाचन र बदलिँदो भूराजनीतिक सन्दर्भलाई ध्यानमा राख्दै उनको आगमन छिट्याइएको बताइएको छ।

यतिबेला तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछे नेपाल भ्रमणमा रहेका छन्। उक्त भ्रमणलाई लिएर नेपाली राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। यस विषयमा चीनले असन्तुष्टि जनाएको समाचार पनि सार्वजनिक भएका छन्। यही सन्दर्भमा नयाँ राजदूतलाई चाँडै नेपाल पठाइएको स्रोतको दाबी छ। यसअघि तीन वर्षे कार्यकाल पूरा गरी चिनियाँ राजदूत चेन सोङ स्वदेश फर्किसकेका छन्।

नवनियुक्त राजदूत चाङलाई नेपाल मामिलामा जानकार कूटनीतिज्ञका रूपमा हेरिन्छ। उनी यसअघि विभिन्न अवसरमा नेपाल भ्रमण गरिसकेका छन् र उच्चस्तरीय भेटघाटमा संलग्न रहँदै आएका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार