Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पोखरा पुगेर गगनले भने– भ्रष्टाचारबाट देशलाई बदलिएको कांग्रेसले मात्रै निकाल्न सक्छ

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक गहिरो निराशा र अविश्वासको अवस्थाबाट गुज्रिरहेको भन्दै देशलाई सम्हाल्ने जिम्मेवार शक्तिको खाँचो रहेको बताएका छन्।

कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै उनले समाजमा बढ्दो असन्तुष्टि, रिस र राज्यका संयन्त्रहरूप्रति चुलिएको अविश्वासलाई गम्भीर रूपमा लिनुपर्ने बताए। उनका अनुसार यस्तो संवेदनशील अवस्थामा उत्तेजना फैलाउने होइन, धैर्य र चेतनाको राजनीति आवश्यक छ।
“देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले। आगो जसले पनि लगाउन सक्छ, निभाउन धैर्यता र क्षमता चाहिन्छ,” उनले भने, “उत्तेजना फैलाउन सजिलो छ, तर मिलाउने र सम्हाल्ने शक्ति कांग्रेससँग छ।”

थापाले नागरिकहरूमा संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति गहिरो अविश्वास बढ्दै गएको उल्लेख गर्दै त्यसलाई सुधार र परिणाममार्फत सम्बोधन गर्नुपर्ने धारणा राखे। “समाजमा कोलाहल छ, भित्रभित्र आगो बलिरहेको छ। यो बेलामा कांग्रेसको जिम्मेवारी देशलाई सम्हाल्नु हो,” उनले भने।

मुलुकको निराशाको प्रमुख कारण भ्रष्टाचार भएको उनको दाबी छ। “नेपालको सबैभन्दा ठूलो शत्रु ‘करप्सन’ हो,” उनले भने, “भ्रष्टाचारविरुद्धको लडाइँमा कांग्रेस अग्रपंक्तिमा उभिएको छ। जसरी हिजो हिंसाको आहालबाट देशलाई बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट पनि निकाल्छौँ।” उनले पार्टीका नेता–कार्यकर्तालाई घरदैलोमा जाँदा कांग्रेसले देश सम्हाल्ने र सुधार गर्ने सन्देश लैजान आग्रह गरे।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार