Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

उम्मेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्युबारे रास्वपाले भन्यो - राहत र न्याय दिलाउँछौँ

काठमाडौं । रौतहटमा चुनावी अभियानका क्रममा  रौतहट २ का उम्मेदवार सगिर आलमको गाडीको ठक्करबाट चार वर्षीया बालिकाको निधन भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  दुःख व्यक्त गरेको छ ।

शुक्रबार महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा रास्वपाले घटनालाई गम्भीर रूपमा लिँदै वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

विज्ञप्तिमा कानुनी प्रक्रिया पूरा गर्दै पीडित परिवारलाई न्याय दिलाउन र आवश्यक राहत तथा सहयोगका लागि पहल भइरहेको उल्लेख छ । साथै, यस्ता घटना दोहोरिन नदिन चुनावी अभियानमा प्रयोग हुने सवारी साधनको परिचालनमा उच्च सतर्कता अपनाउन उम्मेदवार, पार्टीपंक्ति र सवारी चालकहरूलाई कडा निर्देशन दिइएको रास्वपाले जनाएको छ ।

RSP-Bigyapti_Accident-Case-1770361014.jpeg

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार