Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ९१ हजार कायम भएको छ ।

बिहीबार सुन प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार चाँदीको मुल्य प्रतितोला २७० रुपैयाले घटेको छ । बिहिबार चार हजार ९८० मा कारोबार भएको चाँदीको मुल्य शुक्रबार चार हजार ७१० रुपैयाँ कायम भएको छ । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार