NL न्यूज
काठमाडौं । राष्ट्रियसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संघीय संसद्बाट फिर्ता लिने निर्णय गरेको थियो। राष्ट्रियसभाको १७औँ अधिवेशनमा दर्ता भएको यो विधेयक हाल विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्थामा थियो।
संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्कीले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्। त्यसअघि सोही विधेयकमाथि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुने जनाइएको छ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी समितिको अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।
राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे बस्नेछ।

प्रकाशित मिति:
शुक्रबार, माघ २३, २०८२
१०:४३
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्