NL न्यूज
झापा । झापाको भद्रपुर नगरपालिका–१० धनुषमोडमा घाँटीमा सुई रोपेर एक व्यक्तिको हत्या भएको छ।
बिहीबार साँझ करिब ६४ वर्षीय खेमराज ढकालको सिरिन्जले घोचेर हत्या गरिएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा ढकाल आक्रमणमा परेका थिए।
गम्भीर घाइते ढकाललाई तत्काल उपचारका लागि ओमसाई पाथिभरा अस्पताल, भद्रपुर लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले सिरहा विष्णुपुर गाउँपालिका–१ निवासी २६ वर्षीय दिनेशकुमार सिंहलाई घटनामा प्रयोग गरिएको सुईसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार घटनाको कारण र सुईमा प्रयोग गरिएको पदार्थबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:
शुक्रबार, माघ २३, २०८२
०९:१५
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्