Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

बैतडीमा जन्ती बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो, ३४ घाइते

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। दुर्घटनामा ८ जनाको घटनास्थलमै र ५ जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ जाँदै गरेको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीबार पुर्चौडी–७ बडगाउँ मोडमा दुर्घटनामा परेको थियो।

बैतडीका प्रहरी प्रमुख दीपककुमार रायका अनुसार घटनास्थलमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विसनदत्त जोशी, केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिकाका ४० वर्षीय वसन्तराज रतला, तथा पुर्चौडी–७ निवासी ४० वर्षीया पुष्पा अवस्थीको मृत्यु भएको हो। एकजनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, डडेल्धुरा अस्पतालमा बझाङको बित्थडचिर–७ का १७ वर्षीय विसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, केदारस्यु–७ बस्सीका २७ वर्षीय केशवराज भट्ट र पुर्चौडी नगरपालिका–७ का १५ वर्षीय सुशील जोशीको मृत्यु भएको पुष्टि गरिएको छ।

दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन्। घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। प्रहरीले उक्त बसमा वर–वधु सवार नभएको जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार