NL न्यूज
काठमाडौं । उच्च अदालत पाटन, हेटौँडा इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा सुरु भएको मुद्दाको सम्पूर्ण मिसिल झिकाउन आदेश दिएको छ ।
न्यायाधीश बबिता उप्रेती र शर्मिला थापा विष्टको संयुक्त इजलासले बिहीबार (माघ २२) ठगीसम्बन्धी अभियोगपत्रसहित प्राप्त हुन सक्ने सबै कागजात झिकाउन आदेश दिएको हो ।
उक्त आदेश सहारा सहकारी ठगीसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा तारिखमा राख्ने निर्णय गरेपछि परेको दोहोरो निवेदनमाथि सुनुवाइका क्रममा आएको हो ।
चितवन जिल्ला अदालतको धरौटी आदेश बदर गरी थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित सरकार पक्षले उच्च अदालतमा निवेदन दिएको थियो । यता, प्रतिवादी लामिछानेका तर्फबाट ५४ लाख धरौटीको आदेश बदर गरी साधारण तारिखमा मुद्दाको कारबाही अगाडि बढाउनुपर्ने माग गरिएको थियो ।
सुनुवाइका क्रममा लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता ईश्वरराज ढकाल र अधिवक्ता डा. नारायणदत्त कँडेलले धरौटी आदेश बदर गरी साधारण तारिखमा राख्न माग गरेका थिए । यस्तै, अर्का प्रतिवादी कुमार रम्तेल र वीरबहादुर रानाभाटको हकमा पनि सुरु मिसिल झिकाउने आदेश भएको छ ।
गत वैशाखमा सरकार र लामिछाने दुवै पक्षबाट उच्च अदालतमा दोहोरो निवेदन परेको थियो । अब सुरु मिसिल झिकाउने आदेशपछि मुद्दाको अन्तिम टुंगो भने आगामी फागुन २१ गते तोकिएको चुनावपछि मात्र लाग्ने देखिएको छ ।

प्रकाशित मिति:
बिहीबार, माघ २२, २०८२
१९:२१
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्