NL न्यूज
काठमाडौं । आसिफ शेखको आक्रामक ब्याटिङको मद्दतमा नेपालले टी–२० विश्वकपअघिको दोस्रो अभ्यास खेलमा क्यानडालाई ६ विकेटले पराजित गरेको छ।
बिहीबार चेन्नईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। नेपालले १६२ रनको लक्ष्य १२ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका लागि आसिफ शेखले २९ बलमा ६ चौका र ३ छक्कासहित ५८ रनको शानदार पारी खेले। सन्दीप जोराले ३० बलमा ४ चौका र १ छक्काको मद्दतमा ४४ रन जोडे भने गुलशन झाले नटआउट ३१ रन बनाए।
क्यानडाका लागि जसकरण सिंह, साद बिन जफर र अजयवीर हुन्दालले समान १–१ विकेट लिए। यसअघि क्यानडाका नवनीत धालिवालले ४१ रन बनाउँदा श्रेयस मोवाले ३८ र जसकरण सिंहले २१ रन जोडे। नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले २–२ विकेट लिए।
यसअघि नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई ७ विकेटले हराएको थियो। तेस्रो पटक विश्वकप खेलेको नेपालका लागि अभ्यास खेल जितेको यो पहिलो अवसर हो।





प्रतिक्रिया दिनुहोस्