NL न्यूज
रौतहट। रौतहटको ईशनाथ नगरपालिका–४ मठिया टोलमा कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार दिउँसो करिब साढे २ बजे मस्जिद नजिकै खेलिरहेकी स्थानीय मोहम्मद सगिरकी चार वर्षीया छोरी अल्फा खातुनलाई बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई कार चालकले सोही कारमार्फत सिटी अस्पताल गौर पुर्याएर उपचार गराएका थिए।
तर उपचारकै क्रममा चालक अस्पतालबाट फरार भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घाइते बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो। अस्पतालमा उपचारकै क्रममा दिउँसो करिब पौने ३ बजे बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव प्रादेशिक अस्पताल गौरमै राखिएको छ। दुर्घटनामा संलग्न कारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ भने फरार चालकको खोजी कार्य भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
बिहीबार, माघ २२, २०८२
१६:४४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्