NL न्यूज
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको भन्दै सरोकारवाला सबै पक्षलाई सचेत गराएको छ।
आयोगले गरेको पछिल्लो अनुगमन र सरोकारवालासँगको छलफलमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले एक–अर्काप्रति अमर्यादित भाषा प्रयोग गर्ने र घृणाजन्य अभिव्यक्ति दिने गरेको पाइएको जनाएको छ। आयोगले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन र आचारसंहिताको पूर्ण पालना गर्न जोड दिएको छ।
आयोगका अनुसार पछिल्लो समय डिजिटल प्रविधिको दुरुपयोग गर्दै अरूको मर्यादामा आँच पुर्याउने सामग्री उत्पादन र प्रचार–प्रसार बढ्दो छ। त्यस्तै, मतदातालाई कुन दल वा उम्मेदवारलाई भोट दिने भनेर सोध्ने, त्यसको अडियो–भिडियो रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक गर्ने कार्यले मतदाताको गोपनीयता र गोप्य मतदानको अधिकार उल्लंघन गरेको ठहर आयोगको छ।
कतिपय सञ्चारमाध्यमले निर्वाचनअघि नै फलानो उम्मेदवारले जित्ने भनी समाचार सम्प्रेषण गर्दा भ्रम सिर्जना भएको र मतदाता शिक्षा पनि प्रभावकारी नभएको आयोगले जनाएको छ।
आयोगले भ्रमपूर्ण समाचार प्रकाशन नगर्न, निर्वाचनलाई मर्यादित बनाउँदै मानव अधिकारको सम्मान गर्न राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी तथा सरोकारवाला सबै पक्षलाई आह्वान गरेको छ।

प्रकाशित मिति:
बिहीबार, माघ २२, २०८२
१५:५८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्