NL न्यूज
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति, निवर्तमान सांसद तथा तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले धर्मसँग जोडेर आफूविरुद्ध गलत प्रचार गरिएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन्। सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गर्ने, धार्मिक तथा सामाजिक सद्भाव खल्बल्याउने उद्देश्यले सामग्री फैलाइएको आरोप लगाउँदै डा. वाग्लेले बिहीबार साइबर ब्यूरोमा निवेदन दिएका हुन्।
अनलाइनमार्फत दर्ता गरिएको उजुरीमा उनले बागमती प्रदेशसभा सदस्य लक्ष्मी घिमिरे र मोहन लामा रुम्बासहित केही व्यक्तिहरूले आफूविरुद्ध तयार गरिएका सामग्री सामाजिक सञ्जालमा सेयर तथा प्रवर्द्धन गरेको दाबी गरेका छन्। ती सामग्री तत्काल हटाई दोषी पहिचान गरी आवश्यक छानबिन र कानुनी कारबाही गर्न उनले माग गरेका छन्।
डा. वाग्लेले पछिल्लो समय आफ्नो धर्म, आस्था र व्यक्तिगत विचारलाई तोडमोड गरेर प्रस्तुत गरिएको उल्लेख गर्दै ती सामग्रीहरूले समाजमा नकारात्मक धारणा फैलाउने, द्वेष र उत्तेजना सिर्जना गर्ने काम गरिरहेको बताएका छन्।
उजुरीमा उनले लेखेका छन्, ‘आफूले सार्वजनिक रूपमा कहिल्यै नबोलेका र नलेखेका विषयलाई मनगढन्ते रूपमा प्रस्तुत गरी फेसबुक र एक्स (पूर्व ट्विटर) जस्ता सामाजिक सञ्जालमा व्यापक प्रचार–प्रसार गरिएको छ। यसले मेरो व्यक्तिगत प्रतिष्ठामा क्षति पुगेको छ भने सामाजिक सद्भाव र सहअस्तित्वको मूल्यमा समेत आघात पुर्याएको छ।’

डा. वाग्लेले आफू हिन्दु र बौद्ध धर्मका मूल्यमान्यता तथा विविधतामा आधारित नेपाली समाजको आपसी सम्मान र सहिष्णुतामा विश्वास गर्ने व्यक्ति भएको पनि स्पष्ट पारेका छन्। राजनीतिक उद्देश्यका लागि गलत सूचना र फेक सामग्री प्रयोग गरी जनमतलाई प्रभावित गर्ने प्रयास भएको भन्दै उनले यसलाई गम्भीर आपराधिक कार्यका रूपमा लिन साइबर ब्यूरोसँग आग्रह गरेका छन्।
विद्युतीय कारोबार ऐन, २०६३ अनुसार यस्तो कार्य दण्डनीय अपराध हुने उल्लेख गर्दै कम्प्युटर, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरी गलत सूचना फैलाउने व्यक्ति तथा समूहलाई कानुनअनुसार सजाय हुनुपर्ने माग उनले उजुरीमा गरेका छन्।

प्रकाशित मिति:
बिहीबार, माघ २२, २०८२
१४:५४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्