NL न्यूज
जनकपुर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी नभएको बताएका छन् ।
चुनावी प्रचारका लागि जनकपुर पुगेका घिसिङले उज्यालो नेपाल पार्टी डेलिभरीका आधारमा अर्गानिक रूपमा स्थापित पार्टी भएको दाबी गरेका छन् । देशमा सामाजिक र आर्थिक रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै उनले निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने उल्लेख गरे ।
प्रधानमन्त्रीको छनौट भाषणले नभई काम गरेको आधारमा जनताले छनोट गर्नुपर्ने उनको भनाई थियो ।
मधेश प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिती रहेको भन्दै अध्यक्ष घिसिङले मधेश प्रदेशमा उल्लेखनीय संख्यामा सिट जित्ने दाबी गरेका छन् ।

हामी यो देशको नेतृत्व गर्न आएको हो । हामी कसैलाई प्रधानमन्त्री बनाउन आएको होईन । हामी आफैँ प्रधानमन्त्री बनेर यो देशको परिवर्तन गर्न आएका हौँ ।’
प्रधानमन्त्रीको छनौट भाषणले नभई काम गरेको आधारमा जनताले छनोट गर्नुपर्ने उनको भनाई थियो ।
मधेश प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिती रहेको भन्दै अध्यक्ष घिसिङले मधेश प्रदेशमा उल्लेखनीय संख्यामा सिट जित्ने दाबी गरेका छन् ।
प्रकाशित मिति:
बिहीबार, माघ २२, २०८२
१४:०८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्