Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

चितवन पुगे रास्वपा सभापति रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज चितवन पुगेका छन् ।

पत्नी निकिताका साथ चितवन पुगेका रविले आफ्नै निवासमा सीमित भेटघाट गर्नेछन्।

खुट्टाको  घाउ अझै पूर्ण रूपमा निको नभए पनि चितवनमै गएर आराम गर्दै मतदातासँग भेटघाट गर्ने उद्देश्यले उनी चितवन गएकाे उनको सचिवालयले जनाएको छ।

स्वकीय सचिव अविनाश आचार्यका अनुसार लामिछानेले आज पूजा–अर्चना सहित गृह प्रवेश गर्ने कार्यक्रम छ। त्यसपछि दिउँसोबाट स्थानीय नेता तथा कार्यकर्तासँग राजनीतिक भेटघाट सुरु गर्ने छन्।

रास्वपा चितवन सभापति कृष्ण भुसालका अनुसार लामिछाने विमानस्थलबाट सिधै भरतपुर–४ स्थित लंकु हरिकिर्तन चोकको हरिकिर्तन मन्दिर पुगेर पूजा गर्नेछन्। त्यसपछि भरतपुर–११, विशालचोकस्थित निवासमा गृह प्रवेश गर्ने कार्यक्रम रहेको छ।

खुट्टाको चोटका कारण उनलाई सहज रूपमा हिँडडुल गर्न कठिनाइ भएकाले तत्काल घरदैलो अभियानमा निस्कने सम्भावना कम रहेको पार्टीले जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार