Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

उदयपुर पुगेर बालेनले भने ‘उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रबर्द्धन गर्नुपर्छ ।’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले उदयपुर सिमेन्ट जस्ता उद्योगलाई राज्यले संरक्षण र प्रबर्द्धन गर्नुपर्ने बताएका छन् । 

चुनावी अभियानका क्रममा उदयपुर पुगेका शाहले सामाजिक सञ्जाल फेसबुकमाउदयपुर सिमेन्ट उद्योग अगाडि खिचिएको तस्बिर  सार्वजनिक गर्दै उद्योगहरू देशको मेरुदण्ड भएको बताएका हुन् । 

उनले लेखेका छन्, “उद्योगहरू देशको मेरुदण्ड हुन । उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ। उदयपुर सिमेन्ट जस्तो उधोगलाई राज्यले संरक्षण तथा प्रबर्द्धन गर्नु पर्छ ।”
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार