NL न्यूज
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्र सुधार र समृद्धिका लागि आफ्नो १५ बुँदे अवधारणा सार्वजनिक गरेका छन्।
पौडेलले एक भिडियो सन्देशमार्फत वितरणमुखी अर्थतन्त्रलाई उत्पादनमुखी, आत्मनिर्भर र बचतयुक्त अर्थतन्त्रमा रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। उनले प्रविधि र नवप्रवर्तनमा आधारित आर्थिक विकास, ज्ञान र बौद्धिक पुँजीको निर्यात, साना उद्यमी र युवाको सशक्तिकरण आवश्यक रहेको बताए।
उनको धारणा अनुसार शिक्षा, बैंकिङ, कानुन र परराष्ट्र नीति एकीकृत गर्दै विश्वविद्यालयहरूलाई अनुसन्धान तथा आविष्कार केन्द्रमा रुपान्तरण गर्नु आवश्यक छ। आर्थिक सुधारका लागि कानुनी झन्झटिला ऐनहरू पुनर्स्थापना गर्नुपर्ने, उद्योग–व्यवसायसँग सम्बन्धित विवाद छिटो समाधान गर्न विशेष न्यायाधिकरण आवश्यक रहेको उनले बताए।
महामन्त्री पौडेलले राज्यको भूमिका खेलाडी होइन, निष्पक्ष निर्णायक र सहजकर्ता हुनुपर्ने उल्लेख गर्दै २१औँ शताब्दीको लोकतान्त्रिक समाजवादको महत्वबारे पनि चर्चा गरे। समाजका सीमान्तकृत समुदाय, महिला र दलितलाई सक्षम प्रतिस्पर्धी बनाउन विशेष सहुलियत र अग्राधिकार दिने योजना उनले अघि सारे।
डिजिटल अर्थतन्त्र र स्टार्टअप प्रवर्द्धन, निजी क्षेत्रको गतिशीलता, आर्थिक कूटनीति, भू–आर्थिक अवसरको उपयोग र नेपाली डायस्पोराको संलग्नतामा पनि पौडेलले जोड दिएका छन्। उनले दूतावासहरूलाई ‘व्यापार प्रवर्द्धन केन्द्र’ बनाउँदै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने सुझाएका छन्।

प्रकाशित मिति:
बिहीबार, माघ २२, २०८२
१३:१६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्