NL न्यूज
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्री कार्की र निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीबीच भेट भएको दुवै पक्षका सचिवालयले पुष्टि गरे पनि भेटमा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे आधिकारिक रूपमा केही खुलाइएको छैन।
पछिल्लो समय नेकपा एमालेका शीर्ष नेताहरू सरकारले समयमै निर्वाचन नगराउने तर्फ उन्मुख भएको आशंका व्यक्त गर्दै आएका छन्। बुधबार मात्रै एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले सरकारले चुनाव नगराउने बहाना खोजिरहेको आरोप लगाएका थिए।
यसअघि मंगलबार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले संसद् पुनःस्थापना गर्ने वा नगर्ने विषयमा सर्वोच्च अदालतले चुनावअघि नै निर्णय गरिसक्नुपर्ने बताएका थिए। साथै, उनले हिमाली जिल्लामा हालको अवस्थामा चुनाव गर्न कठिनाइ हुने उल्लेख गरेका थिए।
उही दिन प्रधानमन्त्री कार्कीले मौसमले साथ नदिए निर्वाचन दुई चरणमा गर्न सकिने अभिव्यक्ति दिएपछि एमालेले त्यसको कडा प्रतिवाद गरेको थियो। एमालेले सरकार चुनाव सार्ने रणनीतिमा लागेको आशंका गर्दै सार्वजनिक रूपमा आलोचना गरिरहेको छ।
यही राजनीतिक तनाव र निर्वाचनको समय, प्रक्रिया तथा संवैधानिक जटिलतासम्बन्धी बहस चर्किरहेका बेला प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भएको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण र संकेतपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति:
बिहीबार, माघ २२, २०८२
१२:५९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्