NL न्यूज
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ। बुधबार राति झापाको कमल गाउँपालिका–२ मा रहेको रास्वपाको सम्पर्क कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको हो।
झापा निर्वाचन क्षेत्र नम्बर–५ अन्तर्गत पर्ने उक्त कार्यालय हालै मात्र सञ्चालनमा आएको थियो। रास्वपाका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारप्रसार, भेटघाट तथा संगठन विस्तारका लागि उक्त सम्पर्क कार्यालय खोलिएको पार्टीले जनाएको छ।
तोडफोडबाट कार्यालयको झ्यालका सिसा फुटेको रास्वपाका झापा जिल्ला सभापति प्रकाश पाठकले जानकारी दिए। “कमल गाउँपालिकामा रहेको हाम्रो सम्पर्क कार्यालय तोडफोड भएको छ। झ्यालका सिसा फुटेका छन्, अन्य ठूलो क्षति भने भएको छैन,” पाठकले नेपाललिडसित भने।
घटनाबारे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी प्राप्त भइसकेको र घटनामा संलग्न व्यक्तिको पहिचान तथा थप अनुसन्धान भइरहेको जनाएको छ। हालसम्म तोडफोड कसले र किन गरेको भन्ने खुलेको छैन।
निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि चर्किरहेका बेला भएको यस घटनाले स्थानीय राजनीतिक वातावरण थप तातेको छ। रास्वपाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

प्रकाशित मिति:
बिहीबार, माघ २२, २०८२
११:१६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्