Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

तोलामा नौ हजार ५०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला नौ हजार ५०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।

बुधबार सुन प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, बिहीबार चाँदी तोलामा ६२० रुपैयाँले घटेर प्रतितोला चार हजार ९८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला  पाँच हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार