NL न्यूज
काठमाडौं । निर्वाचन प्रचारप्रसारका लागि राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले गाडीको प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने भएको छ ।
निर्वाचन आयोगले चुनावलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
अनुमति बिना गाडि प्रयोग गरेमा वा मौन अवधिमा प्रयोग भएमा ती गाडी नियन्त्रणमा लिएर चुनावपछि मात्रै फिर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।
मतदानको दिन अनुमति प्राप्त गाडीबाहेक अरु गाडी चलाउन नपाइने भएको छ । उम्मेदवार, सुरक्षाकर्मी, अधिकारी, पर्यवेक्षक, सञ्चारकर्मी, विदेशी पर्यटक र आयोगले तोकेका अन्य निकायलाई भने विशेष अनुमति दिइने निर्वाचन आयोगले जनाएको छ ।
एम्बुलेन्स, दमकल, खानेपानी ट्याङ्कर, अस्पताल सेवा लगायत आकस्मिक सेवाका गाडीले भने अनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति:
बिहीबार, माघ २२, २०८२
१०:०७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्