NL न्यूज
अमेरिका र ईरानबीचको आणविक वार्ता शुक्रबार ओमानको राजधानी मस्कटमा हुने भएको छ ।
इरानी परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समार्फत वार्ता स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुने जानकारी दिँदै आवश्यक व्यवस्था मिलाएकोमा ओमानलाई धन्यवाद दिएका छन् ।
यस घोषणापछि धेरै पश्चिमी सञ्चारमाध्यमहरूले कम्तीमा नौ वटा मध्यपूर्वी देशहरूको पहलपछि ओमानमा वार्ताका लागि वासिङ्टन सहमत भएको रिपोर्ट गरेका छन् । यसअघि स्थान र वार्ताको ढाँचामा दुई पक्षबीच असहमति हुँदा वार्ता रद्द हुन सक्ने भन्दै अमेरिकी सञ्चारमाध्यमहरूमा समाचार आएका थिए ।
यसअघि दुवै पक्ष टर्कीको इस्तानबुलमा भेट गर्ने र केही मध्यपूर्वी देशहरूलाई पर्यवेक्षकका रूपमा सहभागी गराउने विषयमा सहमत भएका थिए । तर, मंगलबार ईरानले वार्तालाई ओमानमा सार्ने र आणविक मुद्दामा मात्र केन्द्रित द्विपक्षीय ढाँचामा आयोजना गर्ने प्रस्ताव गरेको थियो ।

प्रकाशित मिति:
बिहीबार, माघ २२, २०८२
०९:३९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्