NL न्यूज
काठमाडाै। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज आफ्नो निर्वाचन क्षेत्र चितवन जाने भएका छन् ।
खुट्टामा चोट लागेका कारण लामिछाने केही समय राजनीतिक गतिविधिमा सक्रिय हुन सकेका थिएनन्।
घाउ अझै पूर्ण रूपमा निको नभए पनि चितवनमै गएर आराम गर्दै मतदातासँग भेटघाट गर्ने उद्देश्यले उनी आज बिहान ११ बजे चितवन जाने उनको सचिवालयले जनाएको छ।
स्वकीय सचिव अविनाश आचार्यका अनुसार लामिछानेले आज पूजा–अर्चना सहित गृह प्रवेश गर्ने कार्यक्रम छ। त्यसपछि दिउँसोबाट स्थानीय नेता तथा कार्यकर्तासँग राजनीतिक भेटघाट सुरु गर्ने छन्।
रास्वपा चितवन सभापति कृष्ण भुसालका अनुसार लामिछाने विमानस्थलबाट सिधै भरतपुर–४ स्थित लंकु हरिकिर्तन चोकको हरिकिर्तन मन्दिर पुगेर पूजा गर्नेछन्। त्यसपछि भरतपुर–११, विशालचोकस्थित निवासमा गृह प्रवेश गर्ने कार्यक्रम रहेको छ।
खुट्टाको चोटका कारण उनलाई सहज रूपमा हिँडडुल गर्न कठिनाइ भएकाले तत्काल घरदैलो अभियानमा निस्कने सम्भावना कम रहेको पार्टीले जनाएको छ।
यसैबीच, फागुन महिनामा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह (बालेन) संयुक्त रूपमा देश दौडाहामा निस्कने तयारी भइसकेको छ। रास्वपा नेतृ प्रतिभा रावलका अनुसार फागुनको पहिलो सातादेखि दुवै नेताको संयुक्त चुनावी अभियान सुरु हुनेछ।
उनका अनुसार दुवै नेता सकेसम्म धेरै निर्वाचन क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने तथा संयुक्त रूपमा १० वटासम्म चुनावी सभा गर्ने योजना रहेको छ।

प्रकाशित मिति:
बिहीबार, माघ २२, २०८२
०९:२४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्