NL न्यूज
काठमाडौँ । सुनका गरगहना चोरीमा संलग्न एक व्यक्तिलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा नेपालगञ्जका प्रेम थारु रहेका छन्, खुट्टामा गोली लागेका उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले नार्गाजुन नगरपालिकाको महाँकाल क्षेत्रबाट उनलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
थारुको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद र घरेलु हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता भट्टराईका अनुसार पक्राउ परेका चौधरी काठमाडौं उपत्यकामा भएका श्रृंखलाबद्ध चोरीका घटनाका आरोपी हुन् ।
गत मंगलबार बौद्ध टुसालमा स्थानीय रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुनका गहना चोरी गरेको आरोपमा थारु पक्राउ परेका हुन्।
यसैहप्ता भोटेबहालमा पनि करिब २५ तोला सुन चोरी भएको थियो । यसमा पनि थारुको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ ।

प्रकाशित मिति:
बिहीबार, माघ २२, २०८२
०९:११
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्