Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टी–२० क्रिकेट विश्वकपः अन्तिम अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल

काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप अगाडि आफ्नो अन्तिम अभ्यास खेल आज क्यानडासँग खेल्दैछ । खेल चेन्नईस्थित एमए चिदम्बरम मैदानमा नेपाली समय अनुसार दिउँसो सवा एक बजे सुरु हुनेछ । 

नेपालले मंगलबार पहिलो अभ्यास खेलमा युएईलाई सात विकेटले पराजित गरेको थियो ।  नेपाल दोस्रो अभ्यास खेलमा पनि क्यानडामाथि जित निकाल्दै विश्वकपका लागि थप आत्मविश्वास र ऊर्जा बटुल्ने लक्ष्यमा रहेको छ ।

नेपालले माघ २५ गते आइतबार इङ्ल्यान्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ। आईसीसी टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

विश्वकपमा समूह चरणअन्तर्गत नेपालको खेल

फेब्रुअरी १२– नेपाल भर्सेस इटाली
फेब्रुअरी १५ –मा नेपाल भर्सेस वेस्ट इन्डिज
फेब्रुअरी १७ – मा नेपाल भर्सेस स्कटल्यान्डसँग
 

समूह चरणका सबै खेल नेपालले मुम्बईमा खेल्नेछ । 

विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । 

विश्वकपका लागि नेपाली टोली 

कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार